बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री निर्वाचनका लागि कोइरालाको मनोनयन दर्ता

 susil kकाठमाडौं माघ २६ ,काँग्रेस सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाले भोलि हुँने प्रधानमन्त्री निर्वाचनका लागि आज मनोनयन दर्ता गर्नुभएको छ । व्यवस्थापिका–संसद्मा सोमबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि उम्मेदवारी दिनेमा अहिलेसम्म सभापति कोइराला मात्र हुनुहुन्छ । अपराह्न काँग्रेस र नेकपा९एमाले०बीच संविधान निर्माण, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छ बुँदे सहमति भएपछि कोइरालाले संसद् सचिवालयमा मनोनयन दर्ता गराउनुभएको हो । कोइरालाको प्रस्तावकमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले र समर्थकका एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुनुहुन्छ ।