शनिबार, बैशाख ८, २०८१

१७ किलो सुनसहित दुई भारतीय र एक नेपाली पक्राउ

 काठमाडौँ माघ २६ , केहि समय यता देखि व्यापक रुपमा मौलाउँदै आएको सुन तस्करीको शिलसिला रोक्न सरोकारवाला नियकायले हरसंभव प्रयास गर्दा images (55)पनि रोकिन सकेको टैन । यसवीचमा प्रहरीले मुलुकको विभिन्न नाकाबाट लेकाई छिपाइ लैजान लागेको वा ल्याउँन लागेको अवस्थामा धेरै व्यक्तिहरुलाई पक्राउ गरिसको छ । यसैक्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १७ किलो अवैध सुनसहित दुई भारतीय र एक नेपालीलाई आज पक्राउ गरेको छ ।

युनाइटेड अरब इमिरेट्सको शारजहाँ विमानस्थलबाट काठमाडौंँ आएको एयर अरेबियाको उडान नं जी ९०५३१ मा आएका उनीहरूसँग आशंकाको आधारमा  खानतलासी गर्दा अपराह्न सो सुन बरामद भएको  बुझिएकोछ ।  विमानस्थलका प्रहरी प्रमुख गोपालप्रसाद भण्डारीले भन्सार कार्यालयले उनीहरूलाई पक्राउ गरेको र अनुसन्धान भइरहेको जानकारी दिइको छ ।