शुक्रबार, बैशाख २१, २०८१

११औँ प्राइम कपको फाइनलमा टार्इमस् र सी.सी.आर.सी.

PrimeCupFinalअरूण मुनिकार/काठमाडौँ मंसिर २८, राजधानीमा जारी प्राइम कप बास्केटबल प्रतियोगिता अन्तर्गत आज भएको सेमीफाइनल खेलमा टार्इमस् कलेजले प्राइम कलेजलार्इ ४१-३७ को स्कोरले हराउँदै फाइनल प्रवेश गरेको छ। यसैगरी अर्को सेमीफाइनल खेलमा सी.सी.आर.सी. ले भी.एस्. निकेतनलार्इ ५६-४३ को स्कोरले पराजित गरेको छ । भोलि हुने फाइनल खेलमा टार्इमस् र सी.सी.आर.सी. भिड्दैछन् । यसैगरी महिलातर्फको फाइनल खेलमा प्राइम र गुरूकुल भिड्ने भएको छ। दुवै खेलकरू प्राइम कलेजकै प्राङ्गणमा खेलार्इनेछन् ।