बिहिबार, बैशाख २०, २०८१

आर्थिक अनियमितताको आशंकामा झोले विद्यालयका संचालकउपर छानबिन सुरु

कठमाडौं माघ २०, महोत्तरी जिल्लामा झोले विद्यालयको विगविगी बढ्नुको अलावा विद्यालय सञ्चालनको नाममा हुँदै आएका र अन्य कयौँ आर्थिक akhtiyar-ayoogअनियमितताका सवालमा जनगुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले अनियमितता प्रकरणमा मुछिएका महोत्तरी जिल्लामा ८२ विद्यालयका सरोकारवालासँग बयान लिने काम सुरु गरेको छ । अनुसन्धान अधिकृत तीर्थराज केसी नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले जिल्ला सदरमुकाम जलेश्वरमै सम्बद्ध पक्षसँग बयान लिने काम सुरु गरेको हो ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार आर्थिक अनियमिततामा मुछिएका आशंका गरिएका त्यस्ता विद्यालयका संञ्चालक, प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारीसहित अन्य सम्बद्ध पक्षसँग बयान लिने भएपछि कारबाही प्रक्रिया अघि बढाउने तयारीमा आयोग टोलीले बनाएको बुझिएको छ । आयोगले गत पुस महिनाको अन्तिम साता त्यसबारे पहिलो चरणको स्थलगत अनुगमन गरेको थियो ।