बिहिबार, बैशाख २०, २०८१

सभासद् मण्डललाई उपस्थित गराउँन सर्वोच्चको आदेश

 काठमाडौँ माघ १५, महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएका अभियुक्त सभासद् लालेन्द्रकुमार मण्डललाई उपयुक्त दिन उपस्थित सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले ‘जारी पक्राउ पुर्जी तथा अन्तरिम संविधानको धारा ७७(५) suprim-cort1समेतको परिप्रेक्षमा दुबै पक्षको छलफल सुनी निष्कर्षमा पुग्न वाञ्छनीय हुँदा विपक्षीहरूलाई उपयुक्त दिन तोकी अन्तरिम आदेश जारी हुने या नहुने विषयमा छलफल गर्न झिकाउनु यस्तो आदेश दिएको हो ।

एनेकपा (माओवादी)ले समानुपातिकतर्फको सभासद् बनाएकाले सो मुद्दाको अन्तिम किनारा नलागेसम्म सभासद््को हैसियतले सपथलगायतका कुनै पनि कार्य नगराउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले यही गत माघ ५ गते सो रिट दायर गर्नुभएको थियो ।

संविधानको धारा ७७(५) मा संविधानसभाको कुनैपनि सदस्यलाई संविधानसभाको कार्यकाल भर पक्राउ गरिने छैन तर कुनै पनि फौज्दारी अभियोगमा कुनै सदस्यलाई कानुनबमोजिम फक्राउ गर्न यस उपधाराले बाधा पु¥याएको मानिने छैन । यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना संविधानसभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने कुरा उल्लेख छ ।