शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं प्रहरी परिसरको प्रमुखमा एसएसपी खरेल

 image (1)काठमाडौं माघ १४ ,काठमाडौं प्रहरी परिसरको प्रमुखमा एसएसपी रमेश खरेलले जिम्मेवारी सम्हालेका छन् । बाग्मती अञ्चल कार्यालयको प्रमुख रहेका खरेलले परिसरको नेतृत्व दोस्रो पटक गर्न लागेका हो । यसअघि परिसर प्रमुख रहेका सुवोध घिमिरेलाई बाग्मती अञ्चल कार्यालयमा सरुवा गरिएको छ । यसैगरी ललिपुर प्रहरी परिसरको प्रमुखमा एसएसपी पुष्पचन्द्र रञ्जितलाई रञ्जीतलाई सरुवा गरिएको छ ।

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको व्रिफिङ्गमा मादक पदार्थ सेवा गरेर अनुपस्थिति भएपछि हटाइएका एसएसपी रमेश भट्टराईको ठाउँमा रञ्जितलाई लगिएको हो । एक पटक प्रमुख भईसकेकालाई दोहोरिएर प्रमुख नबनाउने नेपाल प्रहरीको पछिल्लो नीति विपरित दोस्रो पटक खरेललाई परिसर प्रमुख बनाइएको छ । अघिल्लो पटक पुरा कार्यकाल काम गर्ने अवसर नपाएकाले पुनः खरेललाई नै काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको बताइएको छ ।