बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपतिको पदावधि मुद्धाको सुनवाइ आज हुँदै

काठमाडौं माघ २,राष्ट्रपति रामवरण यादवको पदावधि सकिएकाले अर्को चुनाव गरिपाऊँ भनी परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । adalatअधिवक्ता ओमप्रकाश अर्यालले संविधानको मर्मअनुसार यादव दोस्रो संविधानसभाका लागि पनि राष्ट्रपति हुन नसक्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । कांग्रेस र माओवादीले यादवलाई नै निरन्तरता दिने र एमालेले चाहिँ राष्ट्रपतिको अर्को निर्वाचन गर्नुपर्छ भनिरहेका बेला सर्वोच्चमा अधिवक्ता अर्यालले रिट हाल्दै यसको छिनोफानो अदालतले नै गर्नुपर्ने जिकिर गरेका हुन् ।