मङ्लबार, बैशाख १८, २०८१

अव्यवस्थित पार्किङको मार खेप्दै महानगरवासी

 काठमाडौं पौष २६,काठमाडौं महानगरपालिकाले महानगरभित्र तोकिएका सार्वजनिक स्थानहरुमा निशुल्क सवारी पार्किङको अवधारणा कार्यान्वयनमा ल्याए पनि अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउँन खासै चासो नदेखाएका कारण अव्यवस्थित पार्किङको मार खेप्न बाध्य छन महानगरवासीहरु ।

20140109-20140109-_NUP0272यसै प्रसंगमा विश्व सम्पदा सूचीमा समाविष्ट एवम् पर्यटकीय क्षेत्र हनुमानढोका परिसरमा हिजो आज हुँदै आएको पार्किङको यो अवस्थालाई हेर्ने हो भने कुनै पनि बेला आकस्मिक दुर्घटना भयो भने त्यस क्षेत्रमा हुँने क्षतिको भयावह समस्यालाई चाहेर पनि न्यूनिकरण गर्न कठिन हुने पक्षलाई नकार्न सकिन्न । सार्वजनिक स्थानमा निःशुल्क सवारी पार्किङको अवधारणा आफैमा राम्रो पक्ष हो तर निःशुल्क पार्किङको नाममा हुनेगरको सडक अतिक्रमण सहितको पार्किङ र अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने तर्फ पनि बेलैमा ध्यान दिनु नितान्त जरुरी भईसकेको छ ।