शनिबार, बैशाख १५, २०८१

सेतो मछेन्द्रनाथको महास्नानपर्व सम्पन्न् (फोटो फिचर सहित)

 काठमाडौं पौष २७, सेतो मत्स्येन्द्रनाथको महास्नान अर्थात् आर्यअवलोकेश्वर (सेतो मच्छेन्द्र)को न्हवं दवु (महास्नान) गत बुधबार परम्पराअनुसार केलटोलस्थित मच्छेन्द्रबहालमा सम्पन्न भएको छ ।महास्नानअघि मत्स्येन्द्रनाथका मूल पुरोहितले दस दिक्पालको पूजा गरेका थिए । महास्नान गराउन बौद्ध तान्त्रिक विधिअनुसार नवनाग साधनाका साथै कलशाचार्य पूजा सहित मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई त्यसै बहालमा रहेको न्हवँ डबुमा सप्तनागसहितको आसनमा राखि ६ वटा तामाको घडामा शोभाभगवतीसँगैको निर्मल तीर्थ र विष्णुमतीको दोभानबाट ६ वटा तामाको र ३ वटा चाँदीको घडामा पवित्र जलले महास्नान गरिएको थियो । सो अवसरमा विभिन्न परम्परागत बाजागाजा पनि बजाइन्छ।

20140108-20140108-_NUP0200_5786

20140108-20140108-_NUP0181_5768

20140108-20140108-_NUP0222_5809

20140108-20140108-_NUP0173_5759

सर्वप्रथम महास्नान गराउन करूणामय लोकेश्वरको मूर्तिमा लगाइ राखेको विभिन्न गरगहना आभूषण र कपडाहरू उतारिन्छ। विशेष पूजाका साथ शान्ततीर्थबाट ल्याइएको पवित्र नवघटमध्ये दुईवटा घटमा रहेको जलले वज्राचार्य गुरुजुको मन्त्रोच्चारण र घण्टवादनमा विहारका थकालीहरूबाट महास्नान गराइन्छ। फेरि एकपटक तातोपानीले पनि स्नान गराउने चलन छ। सो महास्नानको पुनीत अवसरमा हेर्न आउने सबै श्रद्धालु भक्तजन, हर्षोल्लासले तालि बजाउने गर्छन्। महास्नानमा चढाइने पवित्र जलले जात्रामा उपस्थित भक्तजनलाई सिञ्चन गर्दछ। महास्नानपछि लोकेश्वरको मूर्तिमा कपडा चढाई मन्दिर घुमाई पुनः मन्दिर भित्रै विराजमान गराइन्छ।