बिहिबार, बैशाख १३, २०८१

महानगरपालिका द्दारा तीन अर्ब १४ करोड ६३ लाखको बजेट सार्वजनिक, उज्यालो काठमाडौं, नदी सरसफाइ, सामाजिक सुरक्षा, सम्पदा संरक्षणजस्ता क्षेत्रलाई प्राथमिकता

 काठमाडौँ पौष २९, काठमाडौँ महानगरपालिकाको आज सम्पन्न २३ औँ नगरपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७१÷७२ का लागि कुल रु तीन अर्ब १४ करोड ६३ लाख पाँच हजारको बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७०/०७१का लागि रु दुई अर्ब ६३ करोड आठ लाख बजेट विनियोजन गरेको कामपाले विकास खर्च, सहरी विकास तथा kmc officeसार्वजनिक निर्माण, सहरी सौन्दर्य, सांस्कृतिक सम्पदा संरक्षणलगायतका विषयलाई प्राथमिकता दिँदै अघिल्लो वर्षको तुलनामा एक अर्ब बढी बजेट विनियोजन गरेको बताएको छ ।

महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्यालले विषयगत क्षेत्रअनुसारको नीति कार्यान्वयनका लागि विकास खर्चतर्फ कुल रु दुई अर्ब ३८ करोड ९९ लाख ८२ हजार विनियोजन गरेको छ । यसमध्यै सबैभन्दा बढी सहरी विकास तथा सार्वजनिक निर्माण क्षेत्रमा रु ८४ करोड ११ लाख, सामाजिक विकास तथा जनस्वास्थ्य क्षेत्र र वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सहरी सौन्दय क्षेत्रका लागि क्रमशः रु ५६ करोड ९६ लाख ४० हजार र रु ३६ करोड १० लाख १५ हजार विनियोजन गरिएको बताउँदै बजेटमा खासगरी जनसहभागितामा आधारित विकास कार्यक्रम, सहरी भौतिक पूर्वाधार विकास, सुरक्षित बस्ती विकास, उज्यालो काठमाडौँ, निजी क्षेत्रको सहकार्यमा एकीकृत फोहर व्यवस्थापन, पार्क तथा नदी सरसफाइ, सामाजिक सुरक्षा, सम्पदा संरक्षणजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको दावी गर्नु भएकोछ ।