बिहिबार, बैशाख २०, २०८१

काँग्रेस, एमाले र एमाओवादीले राजनीतिक सिन्डिकेट खडा गरेर मनपरितन्त्रलाई कायमै राख्न खोजेको कमल थापाको आरोप

  भक्तपुर पौष  २२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रफत सञ्चार क्लबले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा काँग्रेस, नेकपाएमाले र एमाओवादीलाई सर्वसत्तावादी शक्तिको पर्याय भएको आरोप लगाएका छन ।      

 त्यस्तै ठूला भनाउँदा यि दलहरुले संविधानसभा कसले बोलाउने भन्नेबारेमा निरर्थक विवाद खडा गरेर संविधानसभा बैठक बोलाउन अलमल गर्नु आफैमा अचम्मको विषय भएको बताउदै राज्य सत्तामा कब्जा जमाएर, राजनीतिक ‘सिन्डिकेट’ खडा गरेर मस्ती गर्न पल्केकाहरू दोस्रो संविधानसभा निर्वाचनपछि पनि आफ्नो मनपरितन्त्रलाई कायमै राख्न खोजेको अर्को आरोप लगाएका छन् । संविधानसभा निर्वाचन भएपछि राष्ट्रपतिको पनि निर्वाचन हुनु पर्नेमा कसैको विमति नहुँनु भन्दै उहाँले आफ्नो पार्टीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राज्यको एजेन्डा नछाड्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।