आइतवार, बैशाख ३०, २०८१

एमालेको सचिवालय बैठक: नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्ने , तत्काल सरकारबाट नवाहिरिने

काठमाडौं फागुन १३,

मुलुकको राजनैतिक कोषमा भएको पछिल्लो परिवर्तनसंगै माओवादी नेतृत्वमा रहेको मौजुदा गठबन्धन सरकारर प्रमुख घटक नेकपा एमालेको सचिवालय बैठक ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालय, च्यासलमा जारी रहेको छ।

सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्ने संगै फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा पार्टीको तर्फबाट कसलाइ उम्मेदवार बनाउँने भन्ने विषयमा नितिगत निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।

  प्रधानमन्त्री प्रचण्डले गत १० पुसको सहमति तोडेर राष्ट्रपतिमा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएपछि बसेको एमाले सचिवालय बैठकले सरकारमा बस्ने वा नबस्ने भन्ने निर्णय लिने बुझिएको छ।

 यदि अर्का सत्तासाझेदार दल राप्रपाले जस्तै सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकार वाहिरिएमा प्रदेशमा समेत पनि नयाँ समीकरण बन्नेछ । त्यस्तै सम्वद्ध स्रोतका अनुसार जारी सचिवालय बैठकले पूर्व सभामुख समेत रहेको सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्ने निर्णयसंगै तत्काल सरकारबाट वाहिरिन नहुनेमा सचिवालय पदाधिकारीहरुले राए अभिव्यक्त गरेको जनाएकेछ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031