आइतवार, बैशाख १६, २०८१

राप्रपा कार्यसम्पादन समितिको बैठक:सरकारबाट बाहिरिने निर्णय

काठमाडौं फागुन १३,

 राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो समय मुलुकको परिवर्तित सन्दर्भमा छलफल गर्न कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको संघ र प्रदेश सरकार दुवैबाट  सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारवाट बाहिरिने निर्णय  गरेको हो । 

पार्टी प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री यसहघिको मोजुदा सत्ता गठबन्धन विरुद्ध नयाँ गठबन्धन निमार्ण गरेसंगै माओवादी–नेकपा एमाले र राप्रपालगायतको गठबन्धन भत्किएको हो ।