मङ्लबार, बैशाख २५, २०८१

महानगर १९ मा काँग्रेसको विजय उत्सव

काम गराइको दौरानमा हुन सक्ने मानवीय कमजोरीलाइ सच्चाउँनका लागि खवरदारी गर्न समेत आफ्ना मतदातालाइ नव निर्वाचित वडाध्यक्ष श्रेष्ठको आग्रह

काठमाडौं जेठ १४,
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौ महानगर वडा १९ मा निर्वाचित नेपाली काँग्रेसले आज विजय उत्सव मनाएका छन । महानगर वडा न १९ मा काठमाडौं काँग्रेस क्षेत्र न ८ का सभापति समेत रहेका राजेश श्रेष्ठ  नेतृत्वको प्यानल निर्वाचित भएको   हो ।

त्यसक्रममा नव निर्वाचित वडाध्यक्ष श्रेष्ठले विजय उत्सव सहित आफ्ना वडाका आदरणीय मतदाताको घर दैलौमा पुग्दै वडाको समग्र विकासका लागि नविनतम आयाम कोर्ने जनादेश सहित नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ निर्वाचित गराउँदै दिएको जिम्मेवारी प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

त्यस्तै उहाँले यसवीचमा प्राप्त अवसर र चुनौतीलाइ अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता सहित काम गराइको दौरानमा हुन सक्ने मानवीय कमजोरीलाइ सच्चाउँनका लागि खवरदारी गर्न समेत आफ्ना मतदातालाइ आग्रह गर्नुभएको छ ।

महागर वडा न १९ को महिला सदस्य पदमा रेणु शाही, दलित महिला सदस्यमा रञ्जिता परियार खुला सदस्यमा चन्द्रमान डंगोल र दिनेशमान जोशी निर्वाचित भएको हो ।

साथमा यो पनि

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30