शुक्रबार, बैशाख १४, २०८१

गणतन्त्र दिवसको अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा

[फाइल फोटो]

काठमाडौं जेठ १४,
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले बाँकी कैद सजाय मिनाहा गरेका गरेको कैदीमा बन्दीमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदी रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर कैदकट्टा नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्ते मन्त्रिपरिषद्को सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरिएको हो । त्यस्तै राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकै अवसरमा मन्त्रिपरिषद्को यही जेठ १३ गतेको बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम कैद माफी गर्नुभएको समेत उल्लेख गरिएको छ।