शुक्रबार, मंसिर १५, २०८०
Dashain

देशैभर कुन दलका कति जनप्रतिनिधि निर्वाचित ?

काठमाडौं जेठ १४,
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन मार्फत नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा बढी १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् । प्राप्त जानकारी अनुसार काँग्रेसले यस निर्वाचन मार्फत प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्य गरि उल्लेखित सख्यामा जनप्रतिनिधि भएको हो ।

यस्तै नेकपा एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य  निर्वाचित भएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट   नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्य ९७३ र वडा सदस्यमा एक हजार ८०६ निर्वाचित भएको आयोगले जनाएको छ।

त्यस्तै यसवीचमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी रहेको जानकारी समेत आयोगले दिएको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि भएको दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणाम र यसअघि विसं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामको विश्लेषण गर्ने हो भने २०७४ को निर्वाचनमा कांग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट ५ हजार ४४० जनप्रतिनिधि निर्वाचित भएको थियो ।