बुधबार, बैशाख १२, २०८१

अदालतको फैसलासंगै फरार भएका पूर्वडीआईजी कोइराला पक्राउ

काठमाडौं जेठ १३,
श्रीमती गीता ढकालको कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्म कैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइराला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको उक्त आदेशविरुद्ध दिएको पुनरवलोकन रिटको सुनवाइ गर्दै यसअघिको कैद छुटको आदेश खारेज गरेसंगै फरार रहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई प्रहरीले आज नयाँ बानेश्वरबाट पक्राउ गरेको छ।

यसअघि सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले कर्तव्य ज्यान मुद्दामा कैद सहुलियत नहुने भन्दै यसअघि सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय छुट दिन दिएको आदेश उल्टाउँदै कैद सजाय पूर्ण भुक्तान गर्नु पर्ने आदेशभएसंगै पूर्वडीआईजी कोइराला फरार भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार साँझ ६ बजे प्रहरीले पुनः पक्राउ परेको जानकारी  दिएको हो।