शुक्रबार, बैशाख १४, २०८१

निर्वाचित वडाध्यक्ष श्रेष्ठद्दारा महानगर १९ का सम्पूर्ण स्थानीयप्रति आभार अभिव्यक्त

वडाका प्रत्येक स्थानीयले रुख चिन्हमा मतदान गर्दै गर्दा काँग्रेसप्रति देखाएको सदासयतालाइ अक्षरस पूर्णता दिदै आफु  क्रियाशील हुने वडा सदस्य डंगोलको प्रतिवद्धता

काठमाडौं जेठ १२, 
स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौ महानगर वडा १९ को निर्वाचन मार्फत निर्वाचित काँग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षका उम्मेदवार राजेश श्रेष्ठले आफ्ना वडाका तमाम स्थानीयप्रति सामाजिक सञ्जाल मार्फत कृतज्ञता सहितको आभार जाहेर गर्नु भएको छ।

काठमाडौं काँग्रेस क्षेत्र न ८ का सभापति समेत रहेको नव- निर्वाचित वडाध्यक्ष श्रेष्ठले वडाको गरिमा लाइ जिवन्त राख्दै वडाका स्थानीबासीले आफ्नो नेतृत्वको प्यालनलाइ निर्वाचित गराउँन खेल्नु भएको महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका संघसंस्था, सम्पूर्ण दाजुभाइ तथा दिदिवहिनी संगै पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, प्रदेश समिति, इकाइ समितिका सम्पूर्ण पदाधिकारीसंगै सम्पूर्ण वडाबासीको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।

त्यस्तै उहाँले वडाबासीले वडा न १९ मा यो वा त्यो कोणबाट अनेकन चलखेल भएपनि जुन धैर्यता सुजबुझ सहित वडामा काँग्रेस नेतृत्वलाइ निर्वाचित गराउन सफल हुनु भनेको यसअघि दुई कार्यकाल वडाध्यक्षको महत्वपूर्ण भूमिका निर्वाह गर्दै तमाम वडाबासीको सर्वप्रिय बन्न सफल आदरणीय स्व : शशिलाल श्रेष्ठ र यसै वडाबाट दुई पटक संविधान सभाको निर्वाचनमा निर्वाचित हुँदै संघीय सरकारमा उद्योेग मन्त्रीको महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल स्व : नविन्द्रराज जोशीप्रति सच्चा श्रद्धाञ्जली भएको बताउनुभयो ।

त्यस्तै उहाँले वडाको वडाध्यक्षमा आफु प्रनिधिपात्रपात्रको रुपमा निर्वाचित भए पनि आफ्नो जित सम्पूर्ण वडाबासीको जित भएको जनाउ सहित वडाको हरेक विकास निर्माण देखि यावत विषयगत एजेन्दामा बडाबासीको सुझावसंगै आफु क्रियाशील हुने बताउनुभयो ।

त्यस्तै काठमाडौं काँग्रेस क्षेत्र न ८ सभापति श्रेष्ठको प्यानलबाट वडा सदस्यमा निर्वाचित चन्द्रमान डंगोलले हामीसंगको संक्षिप्त अन्तरसंवादको क्रममा आफुलाइ २०७४ को स्थानीय निर्वाचनको क्रममा आदरणीय स्व शशिदाइको टिममा र यसपटक राजेश दाइको टिमबाट निर्वाचित गराउँदै वडाबासीले गर्नु भएको विस्वासप्रति नमन गर्दै अवका दिनमा यसअघि सम्पन्न गर्न बाँकी रहेको सवै विकास निर्माणको कामलाइ पूर्णता दिदै वोलीमा नभइ व्यवाहारबाट वडाका प्रत्येक स्थानीयले रुख चिन्हमा मतदान गर्दै गर्दा काँग्रेसप्रति देखाएको सदासयतालाइ अक्षरस पूर्णता दिने बताउनुभयो ।