काठमाडौं जेठ २६,
सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आजबाट हुने भएको छ । यसअघि प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । त्यस्तै प्रन्या चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएसंगै सोमबारको सुनुवाइ स्थगन गरिएको थियो ।
इजलास गठनकै विषयमा चुलएको विवादका कारण विषयवस्तु केन्द्रित सुनुवाइ प्रारम्भ हुन नसकेको संसद विघटनसम्बन्धी मुद्दा उपरको आजको सुनवाइले मुद्दाको सुनवाइको मार्ग निर्धारण गर्ने अपेक्षा गरिएको छ।मन्त्रिपरिषद्को गत जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग गर्दै ३० रिट निवेदन दर्ता भएका छन ।