शुक्रबार, बैशाख ७, २०८१

संसद विघटन प्रकरण: सरकारको नाममा लिखित जवाफ सहित कारण देखाउ आदेश जारी [आदेशपत्र सहित]

काठमाडौं जेठ २६,
संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममालिखित जवाफ सहित कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो ।

त्यस्तै इजलासले प्रस्तुत मुद्धामा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । साथै आज प्रारम्भिक सुनवाइ अन्र्तगत रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस पैरवी गर्नुभएको थियो ।

त्यस्तै आज जारी आदेशमा बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय निर्धारण गरेको छ । रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । त्यस्तै विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने गरि समयसिमा निर्धारण गरेको छ।

आदेशपत्र सहित: 

साथै इजलासले नेपाल बार र सर्वोच्च बारबाट २ २जना गरि ४ जना एमिकस क्युरीको समेत माग गर्दै एमिकस क्युरीकालागि समेत एक जनाले बहसका लागि समय सिमा तोकेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031