शुक्रबार, चैत्र १६, २०८०

जारी लकडाउनलाइ परिमार्जन सहित लुज डाउनको मोडालिटीमा कार्यान्वयन गर्ने तयारी

काठमाडौं जेठ २५,

गत जेठ महिनाको पहिलो हप्ता यता अप्रत्याशित रुपमा बढेको कोभिड संक्रमिणको रफ्तार पछिल्लो समय दिनानुदिन घट्दो क्रममा रहेको   छ । यसवीचमा संक्रमितको सख्या भन्दा संक्रमण मुक्त हनेको सख्या बढ्दो रहेको छ । पछिल्लो डेटा अन्र्तगत मंगलवार पहिचान भएको संक्रमितको सख्या र यसवीचमा संक्रमण मुक्त भएको संक्रमितको सख्याले समेत प्रष्ट पारेको अवस्था छ । हो यहि डेटालाइ दृष्टिगत गर्दै गत बैशाख १६ बाट आगामी जेठ ३१ सम्म् पटक- पटक गर्दै जारी गरेको निषेधाज्ञाको मोडालिटीमा थप परिमार्जन गर्ने  तयारी  सरकारले  गरेको  छ ।

यसअघि कोभिड ‘हबका रुपमा हेरिएका काठमाडौं उपत्यका लगायत मुलुकका बाँके, सुर्खेत, कैलाली, पर्सा र कास्की जिल्लामा समेत सङ्क्रमण दर घटेसंगै मन्त्रालयले जारी निषेधाज्ञाको विषयमामा नयाँ अवधारण बनाउन लागेको सम्वद्ध अधिकारीहरुले जनाएको छ। त्यस्तै ​संक्रमणको रफ्तार घटे पनि महामारीको जोखिम भने नघटेको ति अधिकारीहरुले बताएका छन ।

तथापी सरकारले जारी निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा गर्दै जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजानुको विकल्प नभएको ठहर गरेको छ । साथै कोभिड संक्रमणको जोखिको चेनब्रेकका लागि जारी निषेधाज्ञा वा लकडाउन लाइ आगामी असारदेखि ‘लुज डाउनको मोडालिटीमा परिवर्तन गर्ने तयारी गरेको बुझिएको छ। तर यसवीचको अवस्थाको सुक्ष्म समीक्षा पछि मात्रै​उपत्यकाको निषेधाज्ञाको अवस्थामामा नितिगत निर्णय हुने काठमाडौं प्रशासनले जनाएको छ।