शनिबार, बैशाख १५, २०८१

उपनिर्वाचन: इलाम–२ मा लिम्बू रास्वपाको उम्मेदवार घोषित

  काठमाडौ चैत १५,
रास्वपाले बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

रास्वापा केन्द्रीय मुख्यालयमा भएको छलफलपछि उम्मेदवारीका लागि आकांक्षी ६ जना उम्मेदवार मध्ये लिम्बूलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको रास्वपा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिनुभयो ।

रास्पाको निर्णयसंगै पत्रकार तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ [फोनिज] का केन्द्रीय महासचिव समेत रहेका लिम्बूलेले चैत २४ गते इलाम २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि रास्वपाको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराउने छन ।