सोमवार, बैशाख ३, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार विस्तार

 काठमाडौ चैत १५,

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । हाम्रो नेपाली पार्टीका प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई आज संस्कृति पर्यटन तथा सहकारीमन्त्रीमा नियुक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले सरकार विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री बज्राचार्यलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ समेत दिलाएका छन ।

गत फागुन २३ गते नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

यसअघि परिवर्तित सत्ता समिकरण अनुसरा मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको मौजुदा गठबन्धनअनुसार सरकार टिकाउन सरकारको हाम्रो नेपाली पार्टी निर्णायक भएसंगै उक्त पार्टीले मुख्यमन्त्रीको दाबी गर्दै आएपनि अन्नतत मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा सहकारीमन्त्रीको प्रस्ताव स्वीकार्दै सरकारमा गएसंगै वर्तमान गठबन्धनअनुसार सरकार टिकाउन आवश्यक ५६ सिट पुग्ने भएको छ भने मुख्यमन्त्री जम्कट्टेलले चैत २२ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएको छ ।