शनिबार, बैशाख १५, २०८१

काठमाडौं उपत्यका सहित तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

 काठमाडौ चैत १५,

पश्चिमी तथा स्थानीय वायुको प्रभावको बढ्दो प्रभावसंगै देशभर आंशिकदेखि बदली रहेको मौसमपूर्वानुमान शाखाले जनाएको  छ ।  त्यस्ते महाशाखाले यसवीचमा मुलुकको सात प्रदृश मध्ये काठमाडौं उपत्यका सहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको जनाएको छ ।

त्यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एकाध स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको जनाएको  छ।