शनिबार, बैशाख १५, २०८१

आजदेखि एसइई परीक्षा सञ्चालन हुँदै

 काठमाडौ चैत १५,
वर्ष ०८०को माध्यमिक शिक्षा परीक्षा [एसइई]आजदेखि सुरु हुँदै छ । चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षाको कार्यतालिका रहेको छ ।

परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले यसवर्ष सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको जनाएको छ ।  परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।

 त्यस्तै यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको मात्रै सैद्धान्तिक परीक्षा हुने जनाउँदै वोर्डले परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ भने परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत अनिवार्य ल्याउनै पर्ने व्यवस्था रहेको जनाएको छ ।