शनिबार, बैशाख १५, २०८१

नवलपरासीको गोपीगञ्जबाट गगनको ‘संवाद यात्रा’ पुनः सुरु हुँदै[तालिका सहित]

काठमाडौ चैत १४,
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विहिवारबाट ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् ।

नवलपरासीको गोपीगञ्जबाट सुरु हुने महामन्त्री थापाको ‘संवाद यात्राको सार्वजनिक तालिका अनुसार चैत्र १५, १६ र १७ गते नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाड र बाँके जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयहरुसँग छलफल गर्ने उनीहरुका समस्याहरु सुन्ने गरेका छन् ।

यसअघि गत माघ १३ बाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनसंगै गत माघ २३ मा स्थगित भएको थियो ।