शनिबार, बैशाख १५, २०८१

उपनिर्वाचन बैशाख १५ : रास्वपाले सार्वजनिक गर्‍यो ६ जना प्रारम्भिक उम्मेदवारको सूची

 काठमाडौ चैत १४,

सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] ले आगामी बैशाख १५ मा इलाम [२] मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ । सार्वजनिक रास्वपाको प्रारम्भिक उम्मेदवारको सूचीमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा.शेष नारायण न्यौपाने रहेका छन् ।

रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबि विरोध गर्ने विहिबार १ बजेसम्मको समय दिएको रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बराललेजारी विज्ञप्ति मार्फत जनाएको छ ।