सोमवार, बैशाख १७, २०८१

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदवीच सवालजवाफ हुँदै

 काठमाडौं चैत ६,
संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी हिनामिना प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाइ उपप्रधान एवं गृहमन्त्री नियुक्त गरिएको विषयमा आपत्ती जनाउँदै प्रधानमन्त्रीसँग जवाफ माग गरिएको छ ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा आकस्मिक समय अन्र्तगत धारणा व्यक्त गर्ने क्रममा कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न माग गरेका हुन् ।

त्यस्ते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबी प्रमुखको जिम्मेवारी दिएका श्यामलाल ज्ञवाली र सुन तस्करीमा संलग्न जीवन चलाउने र ज्ञवालीबीच २ करोड रुपैयाँ अडियो लेनदेनको विषय सार्वजनिक हुँदाहुँदै उनलाइ किन प्रमुखको जिम्मेवारी दिइनुको विषयमा समेत काँग्रेसले विमति जनाएको छ।