शनिबार, बैशाख १५, २०८१

बाग्लुङमा बस दुर्घटनाप्रति राष्ट्रिय सभा सदस्य रोकायद्वारा दु:ख व्यक्त

 काठमाडौं चैत ५

बाग्लुङमा बस दुर्घटनाप्रति नेपाली कांग्रेस कर्णालीका महामन्त्री एवम् राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायले गहिरो दुःख व्यक्त गरेका  छन् ।

रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्ग अर्न्तगत बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ को जाउलेपानी भन्ने स्थानमा सडकदेखि करिब ३०० मिटर तल खस्दा ८ जनाको मृत्यु र २४ जना यात्रु घाइते भएका छन्।

महामन्त्री रोकायले आज समाजिक संजाल मार्फत मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको सुविधा सम्पन्न अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन्।