सोमवार, बैशाख १७, २०८१

यात्रुवाहक बस दर्घटना, सातको मृत्यु  ,उद्दार र उपचारलाई प्रभावकारी बनाउन प्रम प्रचण्डको निर्देशन

काठमाडौं चैत ५,
रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१९००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा दुर्घटना हुँदा सात यात्रुको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

प्रहरीले सोमबार साँझ करिब साढे ५ बजे  भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएकाको परिचय खुलिनसकेको जनाउँदै उद्धारका लागि दुर्घटनास्थलमा प्रहरी परिचालित रहेको जनाएको छ।

घटनास्थल सदरमुकामदेखि १३० किलोमिटर पश्चिममा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाउादै दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यसैवीच पधानमन्त्री प्रचण्डले रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस बाग्लुङको निसीखोलामा दुर्घटनाग्रस्त भई ७ जनाको मृत्यु र २५ जना यात्रु घाइते भएको खबरले दुखी तुल्याएको भन्दै दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

त्यस्तै उहाँ ले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशित दिदै बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्नसमेत अनुरोध गर्नुभएको छ।