सोमवार, बैशाख १७, २०८१

सुन तस्करी प्रकरण: पूर्वसभामुख महरालाइ ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं चैत ५,

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेको पूर्वसभामुख कृष्णबहादुर महरा उपर थप अनुसन्धानको लागि  जिल्ला सरकारी वकिलको कार्यालयले ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाइ मुद्दा चलाउन सिफारिस गरेपछि महरालाइ सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको हो ।

यसअघि सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उहाँलाई म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।