सोमवार, बैशाख १७, २०८१

सत्तारूढ ६ दलीय गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

 काठमाडौं चैत ६,
सत्तारुढ दलहरूको साझा न्यूनतम कार्यक्रम  आज   सार्वजनिक गर्ने  भएको  छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित ६ दलको सहकार्यमा फागुन २१ गते सुरु भएको नयाँ गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

प्रधानमन्त्री  प्रचण्ड’ को सचिवालयका अनुसार यसअघि    आज  विहान  बिहान १० बजे साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएपनि कार्य व्यस्तताका कारण दिउसो २ बजेमात्र सत्तारूढ दलहरूको साझा न्यूनतम सार्वजनिक कार्यक्रमको समय परिवर्तन भएको प्रमको निजि सचिवालयले जनाएको छ ।