शनिबार, बैशाख १५, २०८१

डीपीनेटको अध्यक्षमा डा.थापा

काठमाडौं चैत २,

प्रकोप पूर्वतयारी सञ्जाल नेपाल [डीपीनेटे] को आज सम्पन्न १५ औं साधारणसभाले डा राजु थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

एकसय बढी संघसस्थाहरु आवद्ध भएको डीपीनेटको नवनिर्वाचित कार्य समितिको उपाध्यक्ष महासचिव उपमहासचिव र कोषाध्यक्षमा क्रमस शक्ति गुरूङ, सुरज गौतम, हर्षमान महर्जन र केशवदत्त भट्ट रहनु भएको छ ।

त्यस्तै नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा विपद पत्रकारिता सञ्जालका अध्यक्ष समेत रहनुभएकी अमिका राजथला, सन्तोष न्यौपाने, धर्मलाल रोकाया, जगन्नाथ कुर्मी रहेका छ।  संस्थाको विधानत कार्यसमितिमा निवर्तमान अध्यक्ष सूर्यबहादुर थापा तथा बाँकी दुई थप सदस्य मनोनित हुने व्यवस्था रहेको छ।