बिहिबार, बैशाख २७, २०८१

प्रतिनिधिसभा बैठक: गृहमन्त्रीको राजीनामा माग्दै काँग्रेसले बेल घेराउ गरेसंगै बैठक स्थगित

 काठमाडौं चैत २,

नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गरेका छन । कांग्रेस सांसदहरुले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले चैत ४ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेको हो ।

 यसअघि आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुखले उपप्रधानमन्त्र तथा गृहमन्त्री लामिछानेलाई समय दिदै गर्दा काँग्रेस सांसदहरूले उठेर विरोध जनाएका हुन् । सांसदहरुको विरोधपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । पुनस् बैठक सञ्चालन गर्न सभामुखले तयारी थाल्दा कांग्रेस सांसदहरुले गृहमन्त्रीको राजीनामा माग्दै बेल घेराउ गरेको हो ।

निर्धारित समयमा सुरु भएको आजको बैठकमा कांग्रेस सांसदहरुले विवादित मन्त्रीबारे प्रधानमन्त्रीले जवाफ नदिईकन अरु विषयमा सदन अघि बढ्न नदिने अडान सहित कांग्रेस सासंदले आफ्नो भनाइ राख्दै अनुसन्धानका घेरामा तानिएका मन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिनपर्ने माग गरेका थिए ।  कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीले बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल रोक्न नचाहे पनि अनुसन्धानका घेरामा तानिएका मन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिन माग गरे ।