बिहिबार, बैशाख २७, २०८१

सुन तस्करी सम्बन्धी आचार्य आयोगको प्रतिवेदन  कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन  

  काठमाडौ चैत २,

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी [तस्करी] नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् ।  गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ‘प्रचण्ड’लाई आचार्य आयोगको प्रतिवेदन बुझाएका हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन समेत दिएका छन ।  प्रधानमन्त्रीको निर्देशनसंगै मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्शको कार्यारम्भ सुरु गरेको मन्त्रालयल स्रोतले जनाएके छ।

यसअघि विहिवार सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित आयोगले मुलकमा पछिल्लो समय श्रृखलावद्ध रुपमा हुँदै आएको सुनको अवैध पैठारी [तस्करी] नियन्त्रणसम्बन्धी जाँचबुझ प्रतिवेदन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बिहीबार बुझाएको हो।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेको आयोगले बुझाएको प्रतिवेदनमा सुनको अवैध तस्करीान संग्लन भएको प्रमाण सहित ६८ जनालाई कारबाहीको सिफारिस गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको ६१ केजी र २०७९ पुस १७ गते विमानस्थल भन्सार कार्यालयले विद्युतीय चुरोट [भेप] भित्र लुकाएर ल्याएको नौ केजी तस्करीको सुन बरामदपछि सरकारले गत असोज १४ जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले सुन तस्करीमा जोसुकै संलग्न भए पनि उन्मुक्ति नदिने बताए । उनले प्रतिवेदन अध्ययनपछि त्यसमा उल्लेख भएका व्यक्ति र निकायलाई कानुनी कारवाही गर्ने बताएका छन ।