बिहिबार, बैशाख २७, २०८१

सुन तस्करी प्रकरण: आचार्य आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय

सीआईबीका प्रमुखको जिम्मेवारीमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय

काठमाडौं चैत २,
आज बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारीका विषयमा अध्ययन गर्न गठित आचार्य आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

त्यस्तै उहँँले सुन प्रकरणमा सरकारको धारणा दोषी कोही पनि छुट्नु हुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भन्ने पक्षमा सरकार प्रतिवद्ध रहेको जनाउसंगै  सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा उल्लेख भएका दोषीलाई सरकारले निर्मम कारवाही गर्ने बताउनुभयो ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री रेखा शर्माले आजको बैठकले सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गर्दै उनको स्थानमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको जानकारी समेत दिनुभयो ।