शनिबार, बैशाख १५, २०८१

प्रतिनिधि सभाको बैठक सुरु [प्रत्यक्ष प्रसारण सहित]

 काठमाडौं चैत १ ,
प्रतिनिधि सभाको बैठक शुरु भएको छ।  आजको बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसंगै आजको बैठकमा आर्थिक वर्ष २०८१/२०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ।

त्यस्ते आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० र निर्माणमुखी सामाग्री९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।