शनिबार, बैशाख १५, २०८१

गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीले नवाफ नदिए सदन सञ्चालन हुन नसक्ने काँग्रेसको चेतावनी

 काठमाडौं चैत १ , 

प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ ।

आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिनुभएको थियो । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गर्दै प्रस्तुत प्रसंगमा प्रधानमन्त्रीले जवाफ नदिए सदन सहजरुपमा सञ्चालन हुन नसक्ने चेतावनी समेत दिएको छ।

साथै उहाँले प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गर्नुभयो । तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरेसंगै र्संसद बैठक सुचारु भएको हो ।