बुधबार, बैशाख २६, २०८१

जलवायु परिवर्तनका जटिलतालाई सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री

काठमाडौं चैत १ ,
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताउनुभएको छ ।

‘ त्यस्तै सम्बा्धनको क्रममा उहाँले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यकता औंल्याउँदै  “यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको जिकिर गर्नुभएको छ। साथै “हाम्रो स्वास्थ्य प्रणाली र समुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा जोड दिदै जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू समाज, स्वास्थ्य र प्राकृतिक वातावरणलाई असर गरेको बताउनुभयो ।

एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ भन्ने “जलवायु वैज्ञानिकको जिकिर प्रति लक्षित हुँदै प्रधानमन्त्रीले विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्ते पछिल्ला प्रतिवेदनअनुसार प्राकृतिक हिमश्रृखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता हानीनोक्सानीले जैविक विविधतालाई मात्र नभइ तटीय क्षेत्रमा रहेका अर्बौ मानिसहरूको जीविकोपार्जनलाई खतरामा पारेको बताउनुभयो ।

त्यस्तै उहाँले कोप–२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकसित अर्थतन्त्रहरूले अत्यावश्यक स्रोत र प्रविधिका माध्यमबाट अनिवार्यरूपमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।