बिहिबार, बैशाख २७, २०८१

बोलेरो गाडी दुर्घटनामा ८ जनाको मृत्यु, ९ जना घाइते

उदयपुर चैत १ ,

बेलका नगरपालिका- ७ मेनामैनीमा सुनसरी धरानबाट भोजपुर घोडेटारतर्फ जाँदै  गरेको को. १ ज २५९३ नम्बरको बोलेरो गाडी सडकबाट करिब ४ सय मिटर तल खसेर आज विहान भएको दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।

 प्रहरीले दुर्घटनामा ७ जनाको घटनास्थलमै र १ जनाको धरान बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ।

त्यस्तै मृतकमध्ये गाडी चालक हतुवागढी गाउँपालिका-२ का ४० वर्षीय मान बहादुर बस्नेत र सोही गाउँपालिका-५ का ४२ बर्षीय किसान राईको सनाखत भएको छ भने अन्य मृतकहरूको सनाखत हुन बाँकी रहेको जनाएको छ।

दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ९ जनालाई उपचारको लागि धरानतर्फ पठाइएको जानकारी दिदै प्रहरीले के कसरी दुर्घटना भएको हो सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

बोलेरो गाडी दुर्घटनामा ८ जनाको मृत्यु, ९ जना घाइते