बुधबार, बैशाख २६, २०८१

आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

 काठमाडौं चैत १ ,

मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा सहित आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ ।

प्राप्त तथ्याङ्कअनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाउँन थालिइको हो ।

मिर्गौलाले रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने काम गर्छ । साथै मिर्गौलाले शरीरमा पानीको मात्रालाई पनि सन्तुलनमा राख्ने काम गर्छ । मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्तकोशिका निर्माणमा मद्दत गर्छ । तर मिर्गौला सम्बन्धी रोग लागेमा मिर्गौलाले यी कामहरू गर्न सक्दैन ।

यसैप्रसंगमा मिर्गौला रोगबाट बच्नका लागि के गर्ने ?  के नर्गर्ने ? भन्ने  विषय उठान हुनु स्वाभाविक रहन्छ । त्यसअर्थमा मिर्गौला रोगबाट बच्नका
चिकित्सले पानी प्रशस्त पिउने सल्लाह न्छिन । त्यस्तै  दैनिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने । सन्तुलित भोजन गर्नुपर्ने बताउँछन ।  त्यस्तै   यो रोगबाट बच्नका लागि मुलत धूम्रपान नगर्ने । मद्यपान नगर्ने । मूत्रप्रणालीमा कुनै किसिमको समस्यामा देखिएमा आफूखुसी भन्दा पनि चिकित्सकको सल्लाह वगर औषधि सेवन नगर्ने बताउछन ।

  मिर्गौलाको पत्थरीबाट जोखिने प्रमुख उपाय नै प्रशस्त पानी पिउने र प्रशस्त पिसाब फेर्ने हो । एउटा वयस्क व्यक्तिले दिनभरिमा कम्तीमा साढे दुईदेखि तीन लिटर पानी पिउनु राम्रो हुन्छ ।  वयस्क व्यक्तिले २४ घण्टामा दुईदेखि साढे दुई लिटर पिसाब फेर्नु राम्रो हुन्छ । त्यस्तै, आफ्नो पिसाबको रंगलाई पनि ध्यान दिनुपर्छ । सामान्य अवस्थामा हल्का पहेँलो ९परालको रंगको० पिसाब आउँछ ।

तर, मिर्गौलामा समस्या देखिएमा पिसाबको रंग फरक हुन सक्छ । त्यस्तै, लामो समय पिसाब रोकेर बस्नुहुँदैन । यसले पिसाब थैली र मिर्गौलामा समस्या निम्त्याउन सक्छ र पिसाबको संक्रमण हुन सक्छ । धूम्रपान मिर्गौलाको लागि हानिकारक हो । यसले मिर्गौलामा रगतको सञ्चारलाई घटाउने तथ्य विभिन्न सर्वेक्षणले पुष्टि गरिसकेका छन् । धूम्रपानले मूत्रप्रणालीको क्यान्सर गराउने जोखिम पनि रहन्छ ।

साधारणतया मिर्गौलालाई जोखिममा पार्न सक्ने स्वास्थ्य समस्याहरू क्रोनिक किड्नी डिजिज, मिर्गौलाको पत्थरी, मिर्गौलाको क्यान्सर र मिर्गौला फेल हुनु हो । उच्च रक्तचाप, डायबिटिज, मूत्रप्रणालीको पत्थरी तथा संक्रमण नै मिर्गौलालाई जोखिमपूर्ण अवस्था ल्याउने प्रमुख कारण हुन् । पिसाबमा रगत देखिएमा युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गरेर वेलैमा उपचार थाल्नुपर्ने बताउँछन ।