बिहिबार, बैशाख २७, २०८१

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील :प्रधानमन्त्री

 भरतपुर फागुन १८,

प्रधानमन्त्री प्रचण्डले आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रलाइ सम्बोधन गर्दै वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताउनुभएको हो ।

कार्यक्रलाइ सम्बोधन गर्ने क्रममा उहँँले दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताउनुभयो ।

नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६ दशमलव ९ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताउनुभयो ।

“भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तिको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैंडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराईचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यहरूको प्रवर्द्धन गर्दै चितवनको पर्यटनमा गुणात्मक फड्को मार्ने ििवस्वास समेत व्यक्त गर्नुभयो ।

साथै उहँँले भ्रमण वर्ष कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था सम्मिलित यस बृहत अभियान भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति कोशेढुङ्गा सावित हुने भन्दै पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकारले निरन्तरता पाउने दाबी गर्दै यो सरकारले देशको पर्यटन क्षेत्रको विकासमा पूर्ण रुपमा लागि पर्ने विश्वास व्यक्त गरे ।  त्यस्तै एमाले अध्यक्ष केपी ओलीले भरतपुर भ्रमण वर्षबाट देशको पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रमण वर्ष उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललगायतले सम्बोधन गर्नुभएको थियो ।

भरतपुर महानगरपालिकाले भरतपुरको पहिचान विश्वमै पुर्‍याउने लक्ष्यअनुरुप भरतपुर भ्रमण वर्ष २०२४ सुरुवात गरेको जानकारी दिदै भ्रमण वर्षको अवसरमा दुई लाख विदेशी र पाँच लाख स्वदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको जनाएको छ ।

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील :प्रधानमन्त्री

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829