आइतवार, बैशाख १६, २०८१

गौतम मेडिसिन सप्लार्यसलाइ डिडिएको २४ घण्टे अल्टिमेटम

काठमाडौं फागुन १०,
मानव स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने औषधिको मुख्य बजार क्षेत्रपाटीस्थित गौतम मेडिसिन सप्लार्यसलाइ बुधवार नियमको क्रममा नियमक निकाय औषधि व्यवस्था विभागले २४ घण्टे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।

विभाग सम्वद्ध स्रोतका अनुसार पदम प्रसाद गौतम सञ्चालक रहेको गौतम मेडिसिन सप्लार्यसले विभागले पटक पटक नियमको क्रममा औषधि स्टोरेज संगै आफ्नो कारोवारलाइ मानव स्वास्थ्यमैत्री बनाउँन दिदै आएको निर्देशनको कार्यान्वयन नगरी मानव स्वास्थ्यसंग प्रत्यक्ष खेलवाद गर्ने गरेको बुझिएको छ ।

त्यस्तै सम्वद्ध स्रोतले गौतम मेडिसिनले मिति नाघेको औषधि समेतको व्यवस्थापन गर्ने नगरेको , वातावरणनुकलीत स्टोरेज गर्नुपर्ने औषधि समेतको उचित व्यवस्थापन नगरी विक्री वितरण गर्ने गरेको गोदामा समेत असरल्ल एवम् अव्यवस्थित औषधि राख्ने गरेको पाइएसंगै विभागले अन्तिम पटकको चेतावनी भन्दै २४ घण्टे अल्टिमेटम दिएको जनाएको छ।

अन्तत विभागले यसअघि दिदै आएको निर्देशनको उपेक्षा गर्दै आइहेका सञ्चालक गौतमले विभागको पछिल्लो चेतावनी पछि सिर्जित समस्या ठामठूम पार्न विभाग धाउँदै गरको स्रोतको दावी रहेको छ।