सोमवार, बैशाख ३१, २०८१

एमालेले माग्यो प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा

 काठमाडौं फागुन १०,
प्रतिनिधिसभाको बैठक शुरु भएलगत्तै संसद सदस्यहरु उठेर विरोध जनाएसंगै सभामुख देवराज घिमिरे दलीय प्रतिनिधित्वको आधारमा वोल्ने समय दिनुभएको थियो ।

वोल्ने क्रममा एमालेका संसद रघुजीपन्त बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डमा पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको छ ।

त्यस्तै सांसद पन्तले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै सरकारका मन्त्री दोषी भनेर किटान गरेको ५ दिन बित्दासमेत पदमै बहाल रहनु नैतिकहिनको पराकाष्ठा भएको बताउँदै    प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा माग्दै नेकपा एमालेको आवाजलाइ नजरअन्दाज गर्ने काम भएमा एमाले चुप लागेर नवस्ने चेतावनी समेत दिनुभयो ।