आइतवार, बैशाख ३०, २०८१

काँग्रेस महासमिति बैठक: सांगठनिक प्रतिवेदनमा आंशिक संशोधन गर्ने सहमतिसंगै बैठक सुरु हुँदै

 काठमाडौं फागुन ८,

सोमवार तामझामका साथ सुरु भएको काँग्रेस महासमिति बैठकको बन्द सत्र आजबाट सुरु हुँदैछ । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा आंशिक संशोधन गर्ने सहमति जुटेपछि महासमिति बैठक अघि बढ्ने तयारी भएको बताइएको थियो ।

महासमिति बैठकको उद्‌घाटन सत्रपछि सभापति देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकमा महामन्त्री थापाको सांगठनिक प्रतिवेदन केन्द्रीत हुँदै निकै मिहिन रुपमा भएको छलफलपछि प्रतिवेदनमा आंशिक संशोधन गर्ने सहमतिभएसँगै कांग्रेस महासमिति बैठकको बन्दसत्र सुचारु हुन लागेको हो ।

आजको बैठकमा महामन्त्री थापको सांगठनिक प्रतिवेदनसंगै उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा।प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

स्मरण रहोस महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा चुनावअघि गठबन्धन नगर्ने उल्लेख गरेकोमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरू असन्तुष्ट बन्दै अहिलेनै गठबन्धनको विषयमा कुनै नितिगत निर्णय गर्न नहुँनेभन्दै प्रतिवेदन संशोधन गर्नुपर्ने अडानमा रहेका कारण बैठक निर्धारित समयमा शुरु हुन नसकेको हो ।

तर छलफलपछि महामन्त्री थापको प्रतिवेदनमा आगामी चुनावमा आफ्नै तागतमा एक्लै लड्ने संकल्प गर्ने उल्लेख गरेर महामन्त्री थापाको प्रतिवेदन संशोधन गर्ने सहमति बनेको हो । बैठक सुरु भएलगत्तै बन्दसत्रमा उपसभापति र महामन्त्रीहरूका प्रतिवेदन पेस हुने कार्यक्रम रहेको बताइएकोछ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031