सोमवार, जेष्ठ ७, २०८१

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार: तीन पूर्व सचिवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 काठमाडौं फागुन ८,
अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनालाई मुद्दा दायर गरेको छ।  आइतबार आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भीम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर,रहेका  छन ।

त्यस्तै मुद्धा दायर गरिएका  अन्यमा क्रमस विकास समितिका तत्कालीन बोर्ड सदस्य हाल विभागका प्रमुख रहेका  अध्यागमन  विभागका प्रमुख रहेका रुद्र सिंह तामाङ, बोर्ड सदस्य चन्द्र बहादुर थापा, तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई,मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक राम चन्द्र देवकोटा, तत्कालीन कार्यकारी निर्देशक सुर्य राज कँडेल, तत्कालीन उपसचिव (लेखा) मणिभद्र न्यौपाने तत्कालीन लेखा अधिकृत राम चन्द्र न्यौपाने, तत्कालीन उपसचिव (लेखा) बेगनाथ पौडेल, तत्कालीन उपसचिव (लेखा) केदार प्रसाद अर्याल समितिका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर तथा उप-कार्यकारी निर्देशक (निर्माणस्थल) भोजबिक्रम थापा,परामर्शदाता Eptisa – BETS J/V को तत्कालीन डिपुटि टिम लिडर शिव कुमार शर्मा,परामर्शदाता Eptisa Services De Ingenieris S.L. र BETS Consulting Services Ltd. जे.भी. निर्माण व्यवसायी CMC di Ravena रहेका  छन ।

  विशेष अदालतमा दायर गरिएको मुद्दामा अख्तियारले प्रतिवादीहरूबाट क्रमस तत्कालीन सचिव भीम प्रसाद उपाध्यायलाई ४ करोड २२ लाख ३४ हजार रुपैंया, तत्कालीन सचिव सञ्जय शर्मा र सहसचिव मुकुन्द प्रसाद पौडेललाई जनही ६ करोड ९७ लाख ८३ हजार रुपैंया बिगो कायम गरेको छ।

यस्तै तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरबाट ६० करोड ४९ लाख १९ हजार,  अध्यागमन प्रमुख तामाङबाट २२ करोड ९ लाख १७ हजार, तत्कालीन कार्यकारी निर्देशकहरू भट्टराईबाट २२ करोड ७५ लाख १९ हजार, राम चन्द्र देवकोटाबाट ३२ करोड ३५ लाख ६१ हजार, सुर्यराज कँडेलबाट ८९ करोड ८ लाख ९८ हजार बिगो मागदाबी गरेको छ।  अख्तियारले परामर्शदाता इप्टिसा सर्भिस दि इन्जिनियर्स र बेट्स कन्सल्टिङ सर्भिस लिमिटेडलाई पनि प्रतिवादी बनाउँदै जनही ८७ करोड ५८ लाख ८३ हजार रुपैंया बिगो दाबी गरेको छ।