आइतवार, बैशाख १६, २०८१

पाशुपत क्षेत्रमा फागुन १९ देखि साताव्यापी विश्वशान्ति महायज्ञको आयोजना हुँदै

  काठमाडौं फागुन ८,

हिन्दु, बौद्ध, किराँत विधिअनुसार पाशुपत क्षेत्रमा फागुन १९ देखि २६ गतेसम्म साताव्यापी विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । आसन्न महाशिवरात्री पर्वको अवसरमा महारुद्र परिवार फाउन्डेसनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको जनाएको छ ।

अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध, किराँत ३ वटै धर्म विधिअनुसार पितृहरुको उद्धारको कामनासहित हिन्दू, बौद्ध र किराँत धर्मका गुरुको उपस्थितीमा प्रवचन, दैनिक हवन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन सहितपाठपूजा गरिने फाउन्डेसनले जनाएको  छ ।

फाउन्डेसनका अध्यक्ष खगेन्द्र पोख्रेलले देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता आजको आवश्यकता रहेको छ । अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्को धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने जानकारीसंगै महायज्ञको लागि पूर्व युवराज्ञी हिमानी शाहलगायत अन्य विशेष व्यक्तिहरुको उपस्थिति रहने बताए ।