बुधबार, जेष्ठ २, २०८१

बाँसबारी छाला जुत्ता कारखाना प्रकरण: पक्राउ परेका आरोपी उपर अनुसन्धानका लागि ४ दिन

थप अर्का आरोपी सञ्जय ठाकुर  पक्राउ

काठमाडौँ माघ १८,
काठमाडौं जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज पक्राउ गरेका उद्योगपति अरुण चौधरी उपर थप अनुसन्धाका लागि चार दिनको समय दिएको छ ।

सीआईबीले पक्राउ परेका उद्योगपति चौद्यरी र अजितनारायण सिंह थापा लाइ आजै अदालतमा पेश गर्दै अनुसन्धानको लागि समय माग गरेपछि काठमाडौं जिल्ला अदालतले सीआईबीलाई ४ दिन समय दिएको हो ।

यसैवीच बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा थप अर्का आरोपी सञ्जय ठाकुरलाइ पनि आजै पक्राउ गरेको छ।

बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष समेत रहेका ठाकुरको प्रस्तुत प्रकरणमा संल्गनता देखिएसंगै निजलाइ पनि पक्राउ गरिएको सीआईबीले जनाएको छ।  पक्राउ परेका ठाकुलाइ भने अदालतमा उपस्थित गराइएको छैन । शुक्रवार उनलाइ अदालतमा उपस्थित गराइने बुझिएकोछ।

 

 

थप १ जना पक्राउ गरेको छ। थप पक्राउ पर्नेमा महोत्तरीका सञ्जय ठाकुर रहेका छन्।

उनी बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष हुन्। सो प्रकरणमा उनको संल्गनता देखिएको हुँदा उनलाई पनि पक्राउ गरिएको सीआईबीले जनाएको छ।

यस अगाडि सो प्रकरणमा आजै व्यवसायी अरुण चौधरी र अजितनारायणसिंह थापा पक्राउ परेका छन्।

चौधरीलाई सीआईबीले काठमाडौंको लैनचोरबाट पक्राउ गरेको होभने थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो।

पक्राउ परेका चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन्।

यस्तै,थापा कारखानाका तत्कालिन सञ्चालक समिति अध्यक्ष हुन्।

सीआईबी प्रमुख किरण बज्राचार्यकाअनुसार उनीहरूलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो।

उनीहरूमाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने सीआईबीले बताएको छ।