आइतवार, जेष्ठ ६, २०८१

बाँसबारी छाला जुत्ता कारखाना प्रकरण: उद्योगपति अरुण चौधरी सीआईबीको नियन्त्रणमा 

 काठमाडौँ माघ १८,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो [सीआईबी]ले बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा उद्योगपति तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा चौधरी संगै जग्गा हिनामिना गर्ने मतियार समेत रहेका अजितनारायण सिंह थापालाइ पक्राउ गरेको सीआईबीले जनाएको छ ।