बुधबार, जेष्ठ २, २०८१

ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष राईविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौँ माघ १४,

सहकारीका ५० हजारभन्दा धेरै बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गर्नका लागि प्रहरी प्रधान कार्यालयमा गरेको पत्राचारपछि इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो ९एनसीबी० काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेसंगै कोइन्टरपोलले राईलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरूको फरार सूचीमा राखेको हो ।

ज्ञात रहोस राईले पोखराको सूर्यदर्शन सहकारीको मात्रै एक अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको आरोप छ । स्मरण रहोस डिफ्युजन नोटिस जारीभएसंगै इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा राई भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्था रहेको छ ।